Nepal's First Video FM

उपचारका लागि विदेश जानेको संख्या घट्यो

294

काठमाडौँ – नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ ।

निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचारसमेत यहीँ हुन थालेका हुन् ।

मुख्यरुपमा अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि भारतसहित विभिन्न देश जाने गर्दछन् । सबैभन्दा ठूलो सङ्ख्यामा भारतका दिल्लीलगायतका शहरमा बिरामी जाने गरेकामा पछिल्लो समय स्वदेशमै उपचार गर्ने प्रचलन बढेर गएको छ । कोभिडका कारण बाहिर जान सहज नभएपछि स्वदेशकै सुविधासम्पन्न अस्पताल र दक्ष चिकित्सकको खोजी हुन थालेको छ ।

निजी अस्पतालको छाता संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का महासचिव हेमराज दाहाल पछिल्लो समय विदेश उपचार गर्न जानेको सङ्ख्या घट्दै गएको बताउँछन् । सुविधासम्पन्न निजी अस्पताल र दक्ष जनशक्ति स्वदेशमै उपलब्ध हुने भएपछि बाहिर उपचार गर्न जानु नपरेको उनको भनाइ छ ।

You might also like

Comments are closed.