काठमाडौँ, माधव नेपालसँग नगएका केन्द्रीय सदस्यहरूले नेपाललगायत १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।
नेपालले नयाँ पार्टी गठन गर्दा साथ नदिएका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूको बैठकले १४ सांसदमाथि गरेको कारबाही अविलम्ब फिर्ता लिन माग गरेको हो।
त्यस्तै, बैठकले पार्टी गठनको निवेदन फिर्ता लिन समेत नेपालसँग आग्रह गरेको केन्द्रीय सदस्य निरज आचार्यले बताए।
ओलीले नेपालसहितका १४ सांसदलाई निष्कासन गर्न संसद सचिवालयमा निवेदन दिएका छन्। त्यस्तै, नेपालले नेकपा(एकीकृत समाजवादी)गठनको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
बैठकले १० बुँदे सहमतिलाई अक्षरश: कार्यान्वयन गर्न समेत माग गरेको आचार्यले बताए।
Comments are closed.