Nepal's First Video FM

आज आइतबार सुनचाँदीको भाउमा गिरावट, ताेलाकाे कति ?

312

काठमाडौँ, साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ । भदौ ६ गते, आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९० हजार ९०० र तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो ।

आइतबार सुनसँगै चाँदीको भाउमा गिरावट देखिएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच हुँदैछ ।

शुक्रबार चाँदीको भाउ उकालो लागेर एक हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

You might also like

Comments are closed.