काठमाडौं – आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १ का केही स्थानमा भने मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि बदली रही वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
Comments are closed.