चैत्र ३, राष्ट्रिय सभाको उपाध्यक्ष पदकालागि आज मतदान हुने भएको छ । माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कांग्रेसकी वृन्दादेवी आले राना प्रतिश्पर्धामा हुनुहुन्छ ।
दाहाललाई बाम गठबन्धनको समर्थन रहेको र बाम गठबन्धनका मतदाताहरु राष्ट्रिय सभामा अत्यधिक रहेकाले उहाँ नै विजयी हुने निश्चीत देखिएको छ ।
मतदानका लागि दिउसो एक बजे राष्ट्रिय सभाको बैठक बोलाइएको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।
माओबादी केन्द्रकी दाहाल प्रदेश नम्बर २ बाट र कांग्रेसकी आले प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभामा निर्वाचित सदस्य हुनुहुन्छ ।
राष्ट्रियसभाको अध्यक्षमा भने यसअघि नै एमालेका गणेशप्रसाद तिमल्सिना निर्विरोध निर्वाचित भइसक्नुभएको छ । radionrn
Comments are closed.