Nepal's First Video FM

अबको केहिबेर मै – मानुषी लघुवित्तको आईपीओ बाँडफाँट हुदै

261

काठमाडौं, मानुषी लघुवित्त वित्तीय संंस्थाको आईपीओ आज बाँडफाँट भएको छ । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा अहिले बिहान ८ः३० बजेदेखि आईपीओ बाँडफाँट हुनेछ । कम्पनीको प्रि–अलोटमेन्ट गत बिहीवार नै सम्पन्न भइसकेको छ ।

मागभन्दा अत्याधिक आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यसमा २४ लाख तीन हजार ५५ जना आवेदकबाट कुल तीन अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यस आधारमा सर्वसाधारणलाई विक्री गरिएको तीन लाख ६८ हजार ५९३ कित्तालाई आधार मान्दा ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने छन् ।

कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार सात सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये पाँच हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता म्युचुअल फण्डलाई छुट्याइएको थियो भने बाँकी रहेको तीन लाख ६८ हजार पाँच सय ९३ कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।

You might also like

Comments are closed.