Nepal's First Video FM

प्रधानमन्त्री देउवा र (भाजपा)का विदेश विभाग प्रमुख ‘चौथाइवाला’को शिष्टाचार भेटवार्ता

298

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालाले आइतबार शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटपछि काँग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले उनिहरूबीच काँग्रेस र भाजपाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको बताए । दुई पार्टीबीच भ्रमण आदानप्रदान गर्ने विषयमा पनि कुराकानी भएको छ ।

प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत प्राप्त गरेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत बधाई तथा शुभकामना दिएको थियो । प्रधानमन्त्री देउवाले भारतसहितका सबै छिमेकी देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई अझै बलियो बनाउने बताउँदै आएको छ।

You might also like

Comments are closed.