काठमाडौं – नेता माधवकुमार नेपाल हतारिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग गएको नेकपा एमालेका नेता योगेश भट्टराईले बताएका छन् । एमाले अध्यक्ष केपीशर्मा ओली निवास बालकोटमा भएको एक छलफल कार्यक्रममा बोल्दै भट्टराई सो कुरा बताएका हुन् ।
अध्यक्ष केपीशर्मा ओली निवास बालकोटमा भएको छलफलपछि उनले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुसँग छलफल नै नगरी निर्णय गरेको आरोप पनि लगाए । “उहाँले अलि हतारमा, स्थायी कमिटीको टिम जो उहाँसँग रहयो । त्यो टिमसँग निर्णायक छलफल नगरिकन, उहासँग रहनुभएका केन्द्रीय कमिटीका सदस्यसँगको छलफलले गरेको म्याण्डेट बाहिर जानुभयो । केन्द्रीय कमिटीसँग पनि छलफल नगरेर उहाँले हतार गर्नुभयो,”उनले भने ।
भट्टराईका अनुसार अध्यक्ष ओलीले पार्टी एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो रहेको बताएका छन् । एमालेले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । आजको छलफलपछि २०७५ जेठ २ गतेको संरचना स्थापित हुने उनले बताए ।
Comments are closed.