Nepal's First Video FM

जापानबाट अनुदानको थप खोप काठमाडौं आइपुग्यो

286

काठमाडौं – जापानबाट अनुदानको थप खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान साढे ९ बजे कतार एयरलाइन्सको विमानबाट पाँच लाख ५९ हजार ३६० मात्रा अष्ट्राजेनिकाकाे खोप आइपुगेको खोप व्यवस्थापन शाखाका प्रमुख बडेबहादुर थापाले जानकारी दिनुभयो ।

यसअघि गत शनिबार जापानबाट दुई लाख ८ हजार सात सय डोज खोप काठमाडौं आइपुगेको थियो । जापानले नेपाललाई १६ लाख १४ हजार ७४० डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

त्यसमध्ये ११ लाख डोज उपलब्ध गराएकोमा सोमबार बाँकी खोप नेपाल ल्याइएको खोप व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिए ।

You might also like

Comments are closed.