Nepal's First Video FM

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

273

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेको छ । ८० सदस्य रहेको लुम्विनी प्रदेश सभामा मुख्यमन्त्री केसीको पक्षमा ४२ मत परेको हो।

सोमबार भएको प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको होबैठकमा ४३ जना सांसद उपस्थित रहनुभएको थियो । एक मत भने तटस्थ रहेको छ ।

नेकपा एमालेका सांसदले भने मुख्यमन्त्री केसीले विश्वासको मत लिने भएपछि बैठक नै बहिष्कार गरेका थिए । त्यसअघि सोमबार दिउँसो विपक्षी एमालेले दुईपटक प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए । मुख्यमन्त्री केसीले मुख्यमन्त्री पदमा निर्वाचित भएको ११ दिनपछि विश्वासको मत लिएको हो ।

You might also like

Comments are closed.