Nepal's First Video FM

अब नेकपा एमालेको संस्थापन पक्षसँग वार्ता र सहमतिको सम्भावना सकियो : नेता नेपाल

178

काठमाडौँ – नयाँ पार्टी गठनको प्रक्रियामा अघि बढेका माधवकुमार नेपालले अब नेकपा एमालेको संस्थापन पक्षसँग वार्ता र सहमतिको सम्भावना नै सकिएको बताएका छन् । नेता नेपालले वार्ता र सहमति को भ्रममा नपरी आफ्नो नयाँ पार्टीमा आबद्ध हुन आफू पक्षधर दोस्रो पुस्ताका नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

सोमबार राति फेसबुकमा उनले लेखेका छन्, ‘दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सँस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक–पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन् ।’

नेता नेपालल यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपर्न अनुरोध गर्दै भनेका छन्, ‘हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

उनको नेतृत्वमा नवगठित नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामा छ । निर्वाचन आयोगले सनाखतका लागि यही भदौ ९ गते उक्त पार्टीका पदाधिकारीलाई बोलाएको छ । आज एमालेको स्थायी समिति बैठक पनि बस्दै छ । यसअघि माधव नेपालको पक्षमा खुलेर लागेका केही नेताहरु भने अहिले पनि सहमति एकताको प्रयासमै रहेका छन्। यस खबर news24nepal बाट ।

You might also like

Comments are closed.