Nepal's First Video FM

एमाले एकताको सन्देश दिँदै बैठक सम्पन्न – महाधिवेशन मंसिर १० देखि १२ मा हुने, विधान महाधिवेशन असोज पहिलो साता

286

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ ।

माधव नेपाल छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो ।

त्यस्तै भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ ।

स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ ।

You might also like

Comments are closed.