Nepal's First Video FM

अक्षय कुमारको नयाँ फिल्म बेल बटमको कमाइले बलिउडमा निराशा भए दर्शक

318

काठमाडौं- कोरोना कहरकाबीच हलहरुमा प्रदर्शनमा आएको बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बेल बटम’ ले अपेक्षाकृत कमाइ गर्न नसेकपछि फिल्मकर्मीहरु निराश बनेका छन्

कोरोनाको दोस्रो लहर केही कम हुँदा हलमा रिलिज भएको फिल्मले चार दिनमा गरेको कमाइले निराश बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

४५ करोडमा बनेको फिल्मले चार दिनमा १३ करोड ४५ लाख कमाइ गरेको छ। फिल्मको पहिलो दिने कमाई २ करोड ७५ लाख थियो।

बलिउड हंगामा अनुसार अक्षयको फिल्म बेलबटम रिलिज भएको तीन दिनमा १२.६५ करोड भारतीय रुपैयाँ कमाइ गरेको थियो भने रक्षाबन्धनको दिनमात्र फिल्मले ४.४० करोडको कमाइ गरेको थियो।

‘बेल बटम’ पछि फिल्महरु रिलिज हुने अपेक्षा गरिएको थियो तर, यो फिल्मको कमजोर कमाइका कारण प्रदर्शनको तयारीमा रहेका फिल्म २०२२ सम्म चल्ने हुन वा होइनन् भन्ने आशंका जन्मिएको छ। तर यही २७ अगस्टमा अमिताभ बच्चनको ‘चेहरे’ र १० सेप्टेम्बरमा कंगना रनोटको ‘थलाइवी’ रिलिज हुँदैछ । यी दुई फिल्मप्रति पनि बलिउडले निकै ठूलो आश गरेको छ ।

दक्षिण भारतमा भने फिल्महरुको कमाइ राम्रै हुने देखिएको छ। तमिलनाडुमा सोमवारबाट हलहरु खुलेका छन् र तमिल फिल्म नभएका कारण प्रायः मल्टीप्लेक्सहरुले ‘बेल बटम’ नै प्रदर्शन गरेका छन्। फिल्ममा एक तमिल कलाकारको पनि अभिनय रहेकाले यसको प्रत्यक्ष फाइदा फिल्मलाई हुने तमिल फिल्म क्रिटिक्स भारत कुमारले बताएका छन्।

You might also like

Comments are closed.