Nepal's First Video FM

डा.बाबुराम भट्टराईको कडा ब्यंग्य-‘ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै’

231

काठमाडौं । माधव कुमार नेपाललाई छाडेर अहिले धेरै युवानेताहरु एमालेका अध्यक्ष केपी ओलीकै पक्षमा उत्रेका छन।

अध्यक्ष ओलीले पार्टी एकताका लागि गठित कार्यदलमा भएको १० बुँदै सहमति कार्यान्वयन गर्ने आश्वसन दिपछि भीम रावल लगायतका नेता नेपाललाई छाडेर ओली पक्षमा लागेका हुन। उनीहरु आज एमालेको स्थायी कमिटी बैठकमा समेत सहभागी भए।

पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता डा.बाबुराम भट्टराईले एमालेका दोस्रो तहका नेताहरुलाई अ‍ोलीको पक्षमा नलाग्न सुझाव दिएका छन।

एमालेका दोस्रो पुस्ताका नेताहरुलाई ब्यंग्य डा.भट्टराईले सत्तरी आसपासका बुढा नेताहरूको जति पनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेतरआँट नभएको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटमा उनले ‘ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र?’ भन्दै व्यंग्यात्मक प्रश्न गरेका छन्।

You might also like

Comments are closed.