काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दल दर्ताको सनाखत सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पार्टीको दल दर्ताको सनाखत सकिएको जानकारी दिए ।
सनाखत सकिएपछि प्राप्त प्रमाणबारे आयोगका पदाधिकारीले छलफल गरेर यसबारे निर्णय लिनुहुने प्रवक्ता श्रेष्ठले बताए। निर्णय भएको खण्डमा आजै दल दर्ताको प्रमाणपत्र जारी हुने सम्भावना रहेको उनको भनाइ छ।
आयोगले पार्टी सनाखतका लागि बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याएका थियो । प्रस्तावित नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडाले ३० जना सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरिएको जानकारी दिए।
Comments are closed.