Nepal's First Video FM

केपी ओलीको आरोप – घरघरबाट मान्छे उठाएर अपहरण गरी रिसोर्टमा राखियो

341

काठमाडौँ, एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई बलजफ्ती अपहरण गरि तीन दिनदेखि थुनेर राखेको आरोप लगाएका छन्।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने घरघरबाट मान्छे उठाएर तीन दिनदेखि रिसोर्टमा लगेर थुनेर राखेको आरोप लगाए।

‘घरघरबाट मान्छे टिपेर रिसोर्टमा लगेर तीनदिनदेखि मान्छे थुनेर रखिएको छ। त्यो पनि यहाँ वरिपरि होइन उहाँ पर टाकुरामा लगेर राखिएको छ’, उनले भने, ‘तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो। यो काम लोकतान्त्रिक होइन, वास्तवमा भन्ने हो भने यो बलजफ्ती अपहरण र ज्याजदीपूर्ण काम हो।’

‘मान्छेलाई घेराबन्दीमा पारियो। बाध्य पारियो। ललाई फकाइ मिठा गुलिया बचन बोलेर मिठा खान दिएर राम्रै बिस्तारामा राखेर फकाइयो’, ओलीले भने,‘सुनकै पिँजडा भए पनि आखिर त्यो पिँजडै है। थुनिएकै हो। चाहे जे सुकैमा हो। यस्तो खाले काम भएको छ। यो असंवैधानिक र अलिकतान्त्रिक काम हो।’

You might also like

Comments are closed.