Nepal's First Video FM

नेपाल बैङ्क सञ्चालक समितिको अध्यक्षमा सुमनराज अर्याल

362

काठमाडौँ – नेपाल बैङ्क सञ्चालक समितिको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन्। अर्थ मन्त्रालयका तर्फबाट सञ्चालक पदमा नियुक्त भएका अर्याललाई बैङ्क सञ्चालक समितिको बिहीबार बसेको बैठकले अध्यक्ष पदमा चयन गरेको हो ।

उनले बिहीबार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । सो अवसरमा गभर्नर अधिकारीले नवनियुक्त अध्यक्षको नेतृत्वले बैङ्कलाई थप प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे । साथै देशमा उद्यमशीलताको विकास र रोजगारी सिर्जनाका लागि पनि बैङ्कको विशेष योगदान रहने बताउनुभयो ।

कार्यक्रममा नवनियुक्त अध्यक्ष अर्यालले आफ्नो कार्यकालमा बैङ्कको श्रीवृद्धि तथा व्यावसायिक विकासमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

You might also like

Comments are closed.