काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो ।
उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृतरुपमा छलफल भएको बताइएको छ ।
आफूलाई बिस्वासको मत दिएका दलहरुको दर्ता प्रकृयामा ढिलाई हुँदा मन्त्रिमण्डल बिस्तारमा पनि ढिला भएको छ । तर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीले आधिकारिकता पाइसकेकाले अब मन्त्रिमण्डल बिस्तार गर्ने तरखरमा प्रधानमन्त्री रहेको नेताहरुको भनाइ छ ।
उता नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले पनि सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्ग्याउने क्रममा रहेका छन् ।
Comments are closed.