Nepal's First Video FM

नेकपा(एकीकृत समाजवादी) संसदीय दलको नेतामा अध्यक्ष नेपाल चयन

197

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएको छ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संसदीय दलको नेतामा अध्यक्ष नेपाल चयन भएको जानकारी दिए । आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको सांसद चौधरीले बताएको हो ।

यसैगरी वेदुराम भुसाल राष्ट्रियसभा, संसदीय दलको नेतामा चयन भएको सांसद चौधरीले जानकारी दिए। बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा एमाले विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सभामा सात सांसद छन् । त्यस्तै बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । विधान मस्यौदा समितिमा भवानी खापुङ, शेरबहादुर कुवँर, लक्ष्मी चौधरी, निरा जैरु र ठगेन्द्रप्रकाश पुरी रहेको सांसद मेटमणि चौधरीले जानकारी दिए ।

त्यस्तै बैठकले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । सांसद चौधरीका अनुसार बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको बताए। बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेको थियो, जसलाई बैठकले अनुमोदन गरेको हो।

You might also like

Comments are closed.