Nepal's First Video FM

सफल उपचार पछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौला प्रत्यारोपण गरी नेपाल फकिँदै

315

काठमाडौँ, दुई महिना लामो उपचारपछि सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किदैछन्।
मिर्गौला प्रत्यारोपणपछि उनी सोमबार स्वदेश फर्किन लागेका हुन्।

करिब साढे २ महिनाअघि मिर्गौलामा देखिएपछि उनी थप उपचारको लागि भारतको एपलो अस्पताल गएका थिए।

थप उपचारको क्रममा खनालले एपलोमा मिर्गौला प्रत्यारोपण गरेका थिए। स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी भोलि दिउँसो नेपाल आउने भएका छन्।

नेपालमा पोस्ट कोभिड भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।
मिर्गौलामा समस्या देखिएपछि घरपरिवारको सल्लाहले उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।

You might also like

Comments are closed.