Nepal's First Video FM

गठबन्धन सरकारले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय

229

काठमाडौं – गठबन्धन सरकारले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

अध्यक्ष यादवका अनुसार बैठकमा अहिलेसम्म गरेको कामको समीक्षा भएको पनि बताए। यसैगरी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पनि बैठकमा पछिल्लो राजनीतिक समीक्षा, सरकारलाई पूर्णता दिने र बजेट सच्याउने लगायतका विषयमा गठबन्धन सरकारबीच छलफल भएको छ ।

उनका अनुसार ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८–०७९ को बजेट सच्याउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी रहेको थियो ।

You might also like

Comments are closed.