Nepal's First Video FM

श्रीदेवीको बायोपीक फिल्म बन्ने ! को बन्ने भए कलाकार ? पढ्नुहोस्

572

चैत्र ४ ,बलिउड चलचित्र निर्देशक हसल मेहताको श्रीदेवी सँग काम गर्ने चाहाना अधुरै रहेको छ । उनि चाँडै नै श्रीदेवीलाई लिएर फिल्म निर्माण गर्ने सोंचमा थिए । तर अचानक श्रीदेवीको निधन भए पछि उनको यो चाहाना अधुरै रहेको भारतीय संचार माध्यमहरुले लेखेका छन् ।

श्रीदेवीको निधन पछि निर्देशक मेहता अब श्रीदेवीको जिवन माथी वायोपीक फिल्म बनाउने तयारीमा जुटेका छन् । उनले टेलिभिजनको एक अन्र्तवार्ता मार्फत यो कुराको खुलासा गरेका हुन् । उक्त बायोपीक फिल्ममा श्रीदेवीको भुमिकामा अभिनेत्री विद्या बालानले अभिनय गर्ने कुरा अहिले भारतीय संचार माध्यमहरुमा आईरहेको छ ।

तर अहिले भने निर्देशक मेहता फिल्म ओर्मेटा को काममा ब्यस्त रहेका छन् । आतंकवादी उमर सईद शेखको जिवनी माथी बनिरहेको यो फिल्मलाई लिएर उनि निकै उत्साहीत रहेका छन् । nepliwood

You might also like

Comments are closed.