Nepal's First Video FM

अब सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु : नेता झलनाथ खनाल

276

काठमाडौं – नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्योपचारपछि आज स्वदेश फर्किएका छन्। नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो मिर्गौला प्रत्यारोपण गराएका खनाल आज सवदेश फर्किएका हुन्।

उनलाई त्रिभुवन विमानस्थलमा खनाललाई पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गरे। त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा खनालको लिखित मन्तव्य पढेर सुनाइएको थियो। मन्तव्यमा खनालले आफूले पुनर्जीवन पाएको बताएका छन्।

‘मेरो शल्यक्रिया शतप्रतिशत सफल भएको छ, मेरो यो नाफाको जीवन हो,’ खनालले भने, ‘उमेरले ७१ वर्ष पार गरिसकेँ, अब सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु। ’ खनालले आफूलाई पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएको भन्दै उनीप्रति आभार प्रकट गरे।

You might also like

Comments are closed.