Nepal's First Video FM

क्रिश्‍चियनबाट हिन्‍दु भएका ब्रिटिस कर्णेल भन्छन ‘मेरो बुढी भन्दा नेपाली नागरिकता मेरो नजिक’ (भिडियो)

730

चैत्र ३, ३९ वर्ष ८० दिन बेलायती सेनामा जागिर खाएर साम्राज्य फैल्याउन नेतृत्व गरेका एक बेलायती सेनाका कर्णेल अहिले विश्वमै पवित्र भूमि नेपाल भन्दै यही बसिरहेका छन् भूपू कर्णेल जेपी क्रस । बेलायती सेनाको इतिहास बुझ्न उनी एकजना ‘लिभिङ हिस्ट्री’ हुन्। जसलाई बेलायतले लडेका पूर्वी र दक्षिण एसियाका युद्ध अहिले जस्तै लाग्छ। ‘जेपी क्रस’ बेलायती सैनिक इतिहासमा समेत ‘बोल्ड’ गरेर लेखिएको नाम हो। उनको नाम नै साहसिक सैनिकको रूपमा परिचित छ। उनले बेलायती सेनामा हुँदा देखाएको बहादुरी लन्डनमा रहेको ‘इम्पाइरियल वार म्युजियम’ मा पुग्ने जो कसैले अनुभव गर्न सक्छन्। बेलायतकै सबैभन्दा ठूलो उक्त म्युजियम’को एउटा कुनामा जेपी क्रस सेक्सन छ। त्यहाँ उनले लडेका भियतनाम, लाओस्, जापानका युद्धका विवरण सजिएका छन्।

पोखराको ब्रिटिस क्याम्पमा हुँदा दुई हजार एक सय ४८ नेपालीलाई भर्ती गरेको जेपीलाई अहिलेजस्तै लाग्छ। नेपाली साहित्‍य त्रिभुवन विश्‍वविद्यालयबाट स्नातकोत्तर गरेका जेपीले त्रिविकै नेपाल, एसिया अध्‍ययनकेन्द्रमा समेत अनुसन्धानकर्ताका रुपमा काम गरेका छन्। उनले विभिन्‍न भाषामा १७ वटा भन्दा बढी किताब प्रकाशित गरकेा छन्।

तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा उनलाई गैरपर्यटकीय भिसा (लामो समय बस्न पाउने) दिएका थिए। ‘नेपाल नै सबैथोक भएपछि मैले पनि नेपाली नागरिकता लिनुपर्छ भन्ने लाग्यो’ उनले भने। सैनिक जीवनमा तीन पटक मृत्युको मुखबाट बचेका जेपी युद्धका कारण अझै दाहिने कान राम्रो सुन्दैनन्।

क्रिश्‍चियनबाट हिन्‍दु – धेरैजसो पश्चिमा मूलका नेपाल आए आफूले अँगाल्दै आएको क्रिश्‍चियन धर्म प्रचार गर्ने र नेपालीलाई अँगाल्न आश्वासन दिने गर्छन्। तर जेपी क्रस यस्ता व्यक्ति हुन् जसले आफ्नो पुख्र्यौली धर्म त्यागेर हिन्दु धर्मको सच्चा अनुयायी बनेका छन्। चार दशक सैनिक ह्याट लगाउने जेपीको शिरमा अहिले पाल्पाली ढाकाटोपी ढल्किन्छ। जहाँ गए पनि ढाकाटोपी कहिल्यै छोड्दैनन। उनी विश्‍व हिन्दु महासंघका आजीवन सदस्यसमेत छन्। panakhabar

उनै जेपी क्रससंग कान्तिपुर टिभीको सुमनसंग टक शोको लागि सुमन खरेलले गरेको कुराकानीको भिडियो

You might also like

Comments are closed.