Nepal's First Video FM

होटलमा झुन्डिएको अवस्थामा फेला परिन् राधिका ४ दिन अघि भएको थियो विवाह

592

चैत्र ३, बुटवल बहुमुखी क्याम्पसमा प्रथम बर्षमा अध्यनरत छात्रा राधिका न्यौपाने झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

राधिकालाई झुण्डीइरहेको अवस्थामा आज साझ करिब ७ बजे बुटवल स्थित बाग्लुङ बुर्तिबाङ होटलमा फेला पारिएको हो । बुटवलको दुर्गा मन्दिर लाइनमा रहेको उक्त होटलमा झुन्डिएको खबर पाएलगत्तै पुगेको प्रहरीले घटनाको अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । राधिकाको आत्महत्या वा हत्या भन्ने बिषय भने अझै खुल्न सकेको छैन ।

स्थानीयले घटनालाई नियाल्दा हत्या भएको हुन सक्ने आशंका गरेका छन् । पाल्पा पूर्वखोलाकी राधिका न्यौपानेले ४ दिनअघि मात्र विवाह गरेको खुलेको छ ।

बुटवलबाट आभास पौडेलको सहयोगमा

यो पनि पढ्नुहोस् :

प्रेम त सबैले गर्छन, तर केबल केही मान्छेले मात्र साँचो प्रेमको चित्र प्रस्तुत गर्दछन। आज हामी तपाईलाई बलिउडको चर्चित जोडीहरुको बारेमा बताउन गईरहेका छौं, जसबाट यो जान्न सकिन्छ कि साँचो प्रेम के हो ?

शाहरुख – गौरी

शाहरुख खान र गौरीको वैवाहिक जीवनको यात्रा २७ वर्ष भईसकेको छ। यी दुवैको प्रेम कथा सुरु हुने समयमा शाहरुख खानको नाम समेत कसैलाई थाहा थिएन। विवाहपछि शाहरुख खान बलिउडको बादशाह बने। शाहरुखले धेरै अभिनेत्रीहरुसँग स्क्रिन शेयर गरिसकेको छ। केही अभिनेत्रीसँग उनको नाम जोडिए पनि गौरीको लागि उनको प्रेम सत्य थियो र अझै पनि सम्बन्ध कायमै नै छ।

सुनिल – माना

सुनील शेट्टी र मानाले लगन गाँठो कसेको २७ वर्ष भईसकेको छ। दक्षिण भारतसँग सम्बन्धित सुनील शेट्टी जो सँग प्रेममा परे उनी गुजरातका थिइन्। मानाको पूरा नाम माना कादरी हो। दुवैले ९ वर्षसम्म डेट गरे र त्यसपछि विवाहित हुने निर्णय गरे।

दिलीप कुमार – सायरा बानो

दिलीप कुमार व्यक्तिगत जीवनको बारेमा धेरै चर्चामा रहेका छन्। सायरा बानोसँग विवाह गरेको १४ वर्ष पछि दिलिप कुमारले पाकिस्तानी महिला आस्मा रहमानसँग दोस्रो विवाह गरेका थिए, तर उनीहरुबीचको सम्बन्ध धेरै समयसम्म टिक्न पाएन र छोडपत्र भयो।

र दिलीप कुमारको सायरासँग पुनर्मिलन भयो। दिलीप र सायराको विवाह सन् १९६६ अक्टुबर महिनामा भएको थियो। सायरा र दिलीपको उमेरको अन्तर २२ वर्षको छ । मिडिया रिपोर्ट अनुसार सायराले ८ वर्षको उमेरबाट नै दिलीपसँग विवाह गर्ने सपना देखेकी बताएकी छिन।

सन् १९५२ मा रिलिज भएको चलचित्र ‘दाग’ मा दिलीप कुमारलाई देखेपछि नै सायराले आफ्नो दिलमा दिलिपलाई राखेकी बताएकी छिन। दिलीप कुमार र सायरा बानो ५१ वर्षदेखि सँगै छन्।

अमिताभ – जया

अमिताभ र जयाको प्रेम कथा फिल्म ‘जंजीर’ को सेटबाट स्थापित भएको थियो। यस फिल्मको सफलतापछि दुवैले सन् १९७३ मा विवाह गरे। विवाह पछि जयाले फिल्मसँग नाता तोडिन र तर अभिताभ बने सुपरस्टार बने। यसै समयमा रेखाको साथ अमिताभ बच्चनको अफेयर रहेको खबरले बलिउडलाई नै तताएको थियो।

अमिताभ-रेखाको बारेमा मिडियामा जस्तो सुकै खबर आएपनि जयाले ती कुराहरुलाई खासै महत्व दिईनन र सधैं अमिताभसँगै बसिन्। यस कारण यो जोडी पछिल्लो ४५ वर्ष देखि सँगै रहदै आएका छन्।

ऋषि कपूर – नीतू सिंह

पछिल्लो ३८ वर्षबाट एक-दोस्रोको साथमा छन् ऋषि कपूर र नीतू सिंह। रियल लाइफमा उनीहरुको जोडी जति हिट छ, त्यति नै रिल लाइफमा पनि हिट छन्। रिपोर्ट अनुसार ९० को दशकमा उनीहरु बीच झगडा हुन् सुरु भएको थियो।

ऋषिलाई मदिरापानको लत लागेको थियो र शर्त टेम्पर पनि थियो। खबर अनुसार दुई बीच झगडले यति धेरै बढ्यो कि नीतूले ऋषि विरुद्द घरेलु हिँसाको केस दर्ता गरिन् र घर छाडेर गएकी थिईन। तर पतिको करियरको देखेर उनी फेरी घर फर्किन।

ज्याकी श्रफ – आयशा

ज्याकी श्रफ एक दिन सडकको किनारमा उभिएर बसेको थिए, त्यति बेला उनले १३ वर्षीय केटी स्कुल युनिफर्ममा बसमा बसिरहेकी देखे। ज्याकीको त्यो केटीसँग पहिलो नजरमा नै प्रेममा परे। केही भेटघाटपछि दुवैको दिलमा घन्टी बज्यो।

तर त्यहाँ एक समस्या थियो कि ज्याकी पहिले नै कसैसँग प्रेममा थिए। आयशाले ज्याकीको गर्लफ्रेन्डलाई पत्र लेखेर सबै बताए। त्यसपछि ज्याकी र आयशाले विवाह गरे। पछिल्लो ३० वर्ष देखि दुवै सँगै बस्दै आएका छन्।

यो पनि पढ्नुहोस् :

विराटनगर, ४ चैत । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुन तस्कर गोरे एवं रुपेश भनेर चिनिने चूडामणि उप्रेतीले सहयोगीकै हत्या गरेको खुलेको छ।

आफ्नो सहयोगीको रुपमा रहेका उर्लाबारी ७ का ३५ बर्षीय सनम शाक्यको हत्या उप्रेतीले गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

चीनको केरुङ नाका हुँदै तस्करी गरेर नेपाल भित्राएको उप्रेतीको साढे ३३ किलो सुन हराएको विषयमा विवाद भई हत्या गरेको खुलेको मोरङ प्रहरी प्रमुह एसपी अरुणकुमार बीसीले बताए।

उनका अनुसार करेन्ट लगाएर यातना दिने क्रममा शाक्यको फागुन १८ गते उर्लाबारीको सोल्टी खोला किनारको जंगलमा मृत्यु भएको थियो।

उनको शव गायब बनाउने प्रयास गरेको पनि प्रहरी अनुसन्धानमा देखिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। kamananews

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.