Nepal's First Video FM

भोलिदेखि उपत्यकामा थुप्रिएको फोहोर उठाउने : काठमाडौं महानगरपालिका

316

काठमाडौं – केही महिना अघि लकडाउनका कारण सुन्दर र सफा देखिएको संघीय राजधानी काठमाडौं अहिले जहाँत्यहि फोहोरको डंगुरले कुरुप देखिएको छ । करिब एक महिनादेखि फोहोर उठ्न रोकिएपछि काठमाडौंका घर, मुख्य सडक क्षेत्र र भित्रि गल्ली–गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ ।

तर, काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले भने दिन–दिनै फोहोर उठ्ने गरेको बताउछन् । नगरप्रमुख शाक्यले बुधबारदेखि यसलाई थप व्यवस्थित गर्दै फोहोर व्यवस्थापना गर्ने बताए। ‘काठमाडौंमा फोहोर दिनदिनै उठेको छ । तर, जुन मात्रामा उठ्नुपर्ने हो त्यो भएको छैन । भोलिदेखि थुप्रिएको फोहोर उठान थाल्छौं,’ उनले भने ।

फोहोरको पछिल्लो समस्या समाधान गर्न मंगलबार प्रमुख शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठक बसेको थियो । बैठकको निर्णयपछि उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर बुधबार विहान ६ बजेबाट उठ्ने प्रमुख शाक्यले बताए ।

बैठकमा सडक विभागले बञ्चरेडाँडासम्म पुग्ने बैकल्पिक बाटो निर्माण गर्ने र यसको खर्च महानगरपालिकाले व्यर्होने निर्णय भएको उनले जानकारी दिए । यहि निर्णय अनुसार सडक विभागले काम अगाडि बढाएको नगरप्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।

You might also like

Comments are closed.