वाग्मती प्रदेशमा १२ सांसदले एमाले छाडेर संगै एकीकृत समाजवादीनेताको – मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी
काठमाडौँ माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन्।
मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरूले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरू एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले मुख्यमन्त्रीमा आफ्नो दावी रहेको प्रतिक्रिया दिएका हुन।
हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ जना सांसहरूले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउन साथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दावी गर्ने स्पष्ट पारे। आगामी भदौं २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरूको संख्या सार्वजनिक गर्नेछ ।
निर्वाचन आयोगले सो संख्या सार्वजनिक गर्ने वित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा पर्नेछ। त्यसै दिनदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने नेता पाण्डेले बताए।
‘यो सनाखत भएको छ, अरु साथीहरु पनि थप हुन्छन। २३ गते हाम्रो प्रदेशमा कति जना यो दलमा भयो भनेर नाम दिन्छ,’ उनले भने, ‘त्यो नाम दिएपछि त्यसपछि हामी हाम्रो दलको तर्फबाट यहाँ संसद सचिवालयमा पेश गर्छाै, हाम्रो दलको संख्या यति छ भनेर। र हामी नेकपा एमालेमा छैनौं भनेर पेश गर्छौं। त्यो पेश गरेको दिनदेखिनै अहिलेको सरकार अल्पमतमा पर्यो।
यो सरकारको अर्को ठाउँ छैन। अरु सांसद थपेर सरकार अड्याउने कुनै ठाउँ हुँदैन। अबको सरकार मेरै नेतृत्वमा बन्छ । पार्टीको तर्फबाट त मलाईनै अघि सारिएको छ। सबै दलको सहमतीको क्यान्डिडेट हो म।’
सत्तारुढ दलहरू सबैले मुख्यमन्त्रीमा आफूलाई सहमति दिएको नेता पाण्डेको दावी छ ।
Comments are closed.