Nepal's First Video FM

अन्जली अधिकारी र करिश्मा ढकालले खेलेको भाइरल तीज कोशेली “आफ्नो आफ्नो करिम” (भिडियो)

462

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा चर्चित गायक खेम सेन्चुरी र गायिका शान्ती श्री परियारले आवाज दिएको तीज कोशेली “आफ्नो आफ्नो करिम” धेरैनै चर्चामा रहेको छ।खेम सेन्चुरीको “सोचे झैँ जिन्दगि रैनछ” पछिकै यो गीत चर्चा को शिखर मा पुग्न सफल भएको हो। टिकटक देखी युटुब सम्म धेरैले मन पराएका यो गीत को युटुब भ्यु पनि १३ लाख पटक भन्दा बढी रहेको छ। साइ भिजन प्रा लि ले बजारमा ल्याएको उक्त गीतमा यो पटकको तीजलाइ बिशेष लक्षित गरि मौलीक लयमा यथार्थ शब्दको चयन गरि बनाइएको छ।

गीतमा खेम सेन्चुरीको लय र नेत्र अर्यालको शब्द रहेको छ।प्रकाश भट्टको निर्देशनमा तयार भएको गीत प्रकाश भट्टकै आफ्नै साई भिजन प्रा लि कै युटुब च्यानल मार्फत बजारमा आएको छ। उक्त गीतमा लोकप्रिय मोडल अन्जली अधिकारी/करिश्मा ढकाल तथा गायक खेम सेन्चुरी ले छमछमी नाचेका छन। प्रकाश भट्ट ले यस अगाडी पनि सोचे झैँ जिन्दगी गीतमा फरक स्टेप प्रस्तुत गरेर बजार तताएका थिए भने यो गीतमा पनि फरक स्टेप प्रस्तुत गरेर आम दर्शकको मन जितेका छन।गीतको कथा अनुसारनै प्रकाश भट्ट बग्ने गर्छन सायद त्यसैको फल स्वरूप यो गीत बजारमा ल्याएका हुन्।

गीतको छायांकन राजेश घिमिरे ले गरेका हुन् भने बिष्णु शर्माको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट रहेको छ।टिकटकमा एकलौटी चर्चामा आएको उक्त गीतको केहि झलक जस्ताको तस्तै भिडियोमा :

You might also like

Comments are closed.