Nepal's First Video FM

झलनाथ खनाललाई उपचार खर्च दिनुको – सरकार लाई सर्वोच्च अदालतले कारण माग्यो

195

काठमाडौँ, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाललाई उपचार खर्च दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

खनाललाई विदेशमा उपचार गर्नका लागि कानुन विपरीत सरकारले निर्णय गरेको भन्दै अधिवक्ता विमल पोखरेलले रिट दायर गरेका थिए । पोखरेलले जनस्वास्थ्य ऐन, २०७५ विपरीत विदेशमा उपचार गर्नका लागि खर्च दिएको भन्दै रिट दायर गरेका थिए ।

मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि तत्कालिन केपी शर्मा ओली सरकारले ३१ लाख रुपैयाँ सहयोग दिएको थियो ।

जनस्वास्थ्य ऐन २०७५ को दफा ३० ले देशको नागरिक वा विशिष्ट जुनसुकै व्यक्ति पनि सरकारी सहयोग वा खर्चमा विदेशमा उपचार गर्न पाउने व्यवस्थालाई बन्देज लगाएको छ ।

पूर्वप्रधानमन्त्री खनाल भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर हालै स्वदेश फर्किएका छन् ।

You might also like

Comments are closed.