Nepal's First Video FM

अमेरिकामा एक करोड ५१ लाखभन्दा बढी कोरोना विरुद्धको खोप फालियो !

328

काठमाडौं – अमेरिकामा गएको छ महिनाभित्र एक करोड ५१ लाखभन्दा बढी कोरोना विरुद्धको खोप फालिएको छ । गत मार्च एकदेखि हालसम्म उक्त परिमाणमा खोप फालिएको अमेरिकी रोग नियन्त्रण केन्द्र(सीडीसी)ले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चार वटा राष्ट्रिय औषधि सञ्जालको दश दश लाख डोज खोप खेर गएको छ ।

अमेरिकाको विभिन्न राज्यमा खोप आपूर्ति गर्दै आएको वालग्रिन्सको मात्रै २६ लाख खोप खेर गएको छ । सीभीएसको २३ लाख डोज खोप खेर फालिएको छ । वाल्मार्टले १६ लाख डोज खोपको उपयोग गर्न सकेन । राइट एडले करिब ११ लाख खोप खेर फाल्नुपरेको छ ।

रोग नियन्त्रण केन्द्रले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । सम्बन्धित औषधि आपूर्तिकर्ताले नै उपलब्ध गराएको तथ्याङ्कलाई सीडीसीले एकमुष्ठ सार्वजनिक गरेको हो । तर केन्द्रले खोप फाल्नुको कारणबारे केही खुलाएको छैन् ।विपन्न तथा न्यून आय भएका राष्ट्रले भने अझै खोपका लागि सम्पन्न राष्ट्रको अनुदानमा निर्भर रहँदा अमेरिकामा एक करोड ५० लाखभन्दा बढी डोज खोप खेर फालिएको घटना बाहिरिएको हो ।

You might also like

Comments are closed.