Nepal's First Video FM

भारतमा दैनिक संक्रमित संख्यामा फेरि वृद्धि – पछिल्लो २४ घण्टामा ५०९ जनाको मृत्यु

215

नयाँ दिल्ली, भारतमा कोरोना भाइरसबाट नयाँ संक्रमित संख्यामा फेरि वृद्धि भएको छ । अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ संक्रमित थपिएका हुन ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना संक्रमणमुक्त भएको जानकारी दिएको छ । एउटै समयमा नयाँ संक्रमित संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या थोरै भएको छ। यसले संक्रमणदर बढेको देखाउँछ । भारतमा अहिले सक्रिय संक्रमित संख्या ३ लाख ८९ हजार ५८३ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ३ करोड २० लाख २८ हजार ८२५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ५०९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतक संख्या ४ लाख ३९ हजार ५२९ पुगेको छ । मृतकमध्ये १७३ जनाको केरला प्रदेशका रहेका छन्। केरलामा संक्रमित हुनेको संख्या ३२ हजार ८०२ जना रहेको छ ।

You might also like

Comments are closed.