Nepal's First Video FM

बिहीबार मात्र देशभरमा २,००४ जनामा कोभिड पुष्टि, १६ जनाको निधन

198

काठमाडौँ, बिहीबार देशभरमा दुई हजार चार जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यसै अवधिमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज एक हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ५४१ जना, ललितपुरका १५२ जना र भक्तपुरका १०० जना हुन् ।

हाल नेपालमा सक्रिय संक्रमितको कुल संख्या ३३ हजार ९४६ रहेको छ ।

You might also like

Comments are closed.