Nepal's First Video FM

भदौ २३ अघि कसैले चुइक्क पनि नबोल्ने मन्त्रिपरिषद् विस्तार हुँदैन : माधव नेपाल

204

काठमाडौँ – नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रिपरिषद विस्तार नहुने बताएका छन्।

अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भएपनि त्यसबारे छलफल नभएको पनि जनाए। बिहीबार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए। सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्दै उनले भदौ २२/२३ गतेसम्म त मन्त्रिपरिषद विस्तारका बारेमा कसैले चुइक्क पनि नबोल्ने बताए।

सत्तारुढ दल भित्रको विवादका कारण मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको चर्चा भइरहँदा अध्यक्ष नेपालले मन्त्रिपरिषद विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरूबीच छलफल हुने प्रतिक्रिया दिए।

You might also like

Comments are closed.