Nepal's First Video FM

स्वतन्त्र सांसद ‘शाही’ लुम्विनी प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त

269

बुटवल – सूर्य चुनाव चिन्हबाट निर्वाचित पश्चिम नवलपरासीका स्वतन्त्र सांसद अजय शाही लुम्विनी प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।मुख्यमन्त्री कुलप्रसाद केसीले गत साउन २८ गते विस्तार गरेको मन्त्रीपरिषदमा शाही विना विभागीय मन्त्रीमा नियुक्त भएको थियो ।

शुक्रवार मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयद्वारी जारी सूचनामा उल्लेख छ । यसैगरी प्रदेश प्रमुखले मौजुदा मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन समेत गरेको छ।

जस अनुसार कुलप्रसाद केसी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहेको छ ।

त्यसैगरी डिल्लबहादुर चौधरी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, कृष्णध्वज खडका आर्थिक मामिला तथा सहकारी मन्त्रालय, सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, अजय शाही उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको छ । सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा विना विभागीय मन्त्री रहेका छन्।

You might also like

Comments are closed.