चैत ४, प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित ‘फरार माननीय’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई खोजी गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ ।
नेपाल प्रहरीको इन्टरपोल शाखाले केही दिनअघि मनाङेको नाममा नोटिस जारी गरेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए । प्रदेश सांसद मनाङ्गे फौजदरी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसंगै शपथसमेत नलिई फरार भएका छन् ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । मनाङेलाई अब इन्टरपोलमा १ सय ९२ देशका प्रहरीले खोजी गर्नेछन् । फरार रहेका मनाङे भारतमा लुकेर बसेको दाबी प्रहरीको छ ।
Comments are closed.