Nepal's First Video FM

एमाले छाडे बामदेव गौतमले, दिए सबै पदबाट राजीनामा

250

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पदबाट राजीनामा दिएका छन्।

उनले आज राजीनामा पार्टी कार्यालयमा बुझाएको उनका स्वकीय सचिव दीपक टमाटाले बताए।

‘उहाँले एमालेको सबै पदबाट राजीनामा दिनुभएको छ,’ उनले भने, ‘आज साँझ पार्टी कार्यालयमा राजीनामा बुझाउनुभएको छ।’

यसअघि माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेलगत्तै उनले आफ्नो समर्थन रहने बताएका थिए। तर, नयाँ पार्टीले जनताको बहुदलीय जनवाद (जबज) विचार नबोक्ने भनेपछि असन्तुष्टि जनाएका थिए।

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेपछि उनी एमाले छाड्न तयार भएका थिए। उनी अब एकीकृत समाजवादी पार्टीमा जोडिने उनी निकट नेताहरुले बताएका छन्।

You might also like

Comments are closed.