काठमाडौँ , नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।
शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आर आर क्याम्पस अगाडी अनेरास्ववियुले भारतीय सुरक्षाकर्मीकै कारण दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको हो ।
पुत्ला दहन गर्दै विद्यार्थीले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद लगाएतका नारा लगाएका थिए ।
Comments are closed.