Nepal's First Video FM

आगामी निर्वाचनपछि पुनः एमाले नेतृत्वको बलियो सरकार बन्नेछ : केपी शर्मा ओली

313

काठमाडौं – पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि पुनः एमाले नेतृत्वको बलियो सरकार बन्ने दावी गरेको छ । एमाले काठमाडौं महानगर कमिटीद्वारा आयोजित भेलालाई शनिबार यहाँ सम्बोधन गर्दै अध्यक्ष ओलीले सो दावी गरेको हो ।

अध्यक्ष ओलीले मेलम्चीको पानी उपत्यकामा पुनः ल्याउनलाई एमाले नेतृत्व सरकार नै बन्ने बताए । आगामी वैशाखसम्म पनि मेलम्ची पानी ल्याउन नसक्ने उनले दावी गरेका छन्। एमाले कसैको बैशाखी टेकेर चुनावमा नजाने जनताको साथ र सहयोगमा पहिलो पार्टी बनेर सरकार बनाउने उहाँले विश्वास व्यक्त गरे ।

एमाले नेतृत्वको सरकारले विकासको धेरै काम गरेको चर्चा गर्दै अध्यक्ष ओलीले जहाँ उभिए पनि विकासको काम देखिनेगरी काम गरिएको दावी गरे । समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियान एमालेको भएकाले देशको मुहार फेर्न पुनः एमाले सरकारमा आउन अनिवार्य रहेको अध्यक्ष ओलीले चर्चा गरे। विगतमा गलत मानिसलाई टिकट दिएर पार्टीमा केही घाटा भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले अब त्यस्तो गल्ती नगरिने बताए ।

आत्मविश्वासका साथ जनतामाझ जान अध्यक्ष ओलीले पार्टी पङ्तिलाई आव्हान गर्नुभयो । निर्धक्क भएर अभियानमा लाग्न पनि उनले बताए। एक दुई दिन चिकित्सकले आफूलाई थकाई मार्न सुझाव दिएकाले आफू धेरै समय बोल्न नसक्ने भन्दै उनले छोटो समयमा धारणा राखे।

You might also like

Comments are closed.