Nepal's First Video FM

गर्भवती र सुत्केरीलाई दिएको चनामा किरा भेटियो

313

उदयपुरको कटारी नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई वितरण गरेको पोषणयुक्त चनामा किरा भेटिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत कटारी-८ मा वितरण गरिएको चनामा किरा भेटिएको हो ।

चनामा किरा भेटिएपछि उपमेयर भीमकुमारी राउतले विज्ञप्ति जारी गरेर चना नखान आग्रह गरेकी छन् । उक्त चना नगरपालिकाले फिर्ता लग्ने उनले बताइन् ।

कटारी-१२ मा बिहीबार र ८ मा शुक्रबार चना बाँडिएको थियो । १२ को विवरण भने नगरपालिकाले प्राप्त गरिसकेको छैन । चना गत वर्ष नै प्याकिङ गरिएको थियो

You might also like

Comments are closed.