Nepal's First Video FM

नख्खु कारागारभित्र कैदीबन्दीबीच हानाहानपछिको अवस्था पुनः तनावग्रस्त

212

ललितपुर – आइतबार ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच भएको हानाहानपछिको अवस्था पुनः तनावग्रस्त बनेको छ । जेलभित्रैबाट ताला लगाएर कैदबन्दीले नाराबाजी गरिरहेका छन् ।

उनीहरुले होटलमा खानाको मूल्यदर अत्यधिक बढाइएको, सेवा सुविधा पारदर्शी नभएकोलगायतका विषयमा विरोध गरिरहेका छन् । अहिले भित्रैबाट कारागारमा ताला लगाइदिएर आन्दोलन गरिरहेको कैदबन्दीले आतंक मच्चाउने सम्भावनालाई मध्यनजर गर्दै थप प्रहरी परिचालन गरिएको छ।

You might also like

Comments are closed.