संगीता राई
चैत ४, प्रतिष्ठाको पहिलो आवाज बनेका नेपाल आइडल बुद्ध लामाको ‘तिमी साथ भएपछि’ नामक पहिलो गजल गीत गजलगृह नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
“तिमी साथ भएपछि भगवान पनि चाहिँदैन, मेरो रात जग्मगाऊ बिहान पनि चाहिँदैन, तिमी साथ भएपछि…” बोलको गीतमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ ।
गजलकार सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत रहेको गीतमा गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् । उक्त गीतको निर्देशन भने अर्जुन अधिकारीले गरेका छन् ।
उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा सुरेन बसेलको कोरियोग्रँफी छ ।
Comments are closed.