Nepal's First Video FM

छिट्टै थप एक करोड मात्रा कोरोनाविरुद्धको खोप ल्याउनेछौं : स्वास्थ्य उमेश श्रेष्ठ

183

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले छिट्टै थप एक करोड मात्रा कोरोनाविरुद्धको खोप ल्याउने बताएको छ । उनले चीनसँग खरिद गरिएको एक करोड खोपमध्ये थप ४४ लाख भेरोसेल खोप १० दिनभित्र ल्याइसक्ने जानकारी दिए।

मन्त्रालयमा आइतबार विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय सम्मेलनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले थप ४४ लाख मात्रा खोपको भुक्तानी भइसकेको समेत बताउनुभयो । उनले १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको टुङ्गो लागिसकेको बताए । राज्यमन्त्री श्रेष्ठले बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उहाँले नेपाली जनताका लागि पाँच करोड डोज खोप आवश्यक रहेकोमा अहिलेसम्म एक करोड चार लाख खोप नागरिकले लगाइसकेको जानकारी दिए । “सरकारले दुई करोड ५० लाख खोप ल्याउने तयारी गरिसकेको छ”, राज्यमन्त्री श्रेष्ठले भने, “भेरोसेल खोप ४० लाख आउने सुनिश्चित भइसक्यो, बाँकी खोप पनि निरन्तर आउने प्रक्रियामा रहेको छ ।”

You might also like

Comments are closed.