Nepal's First Video FM

उपत्यकामा असोज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने

314

काठमाडौं – काठमाडाैं उपत्यकामा असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न पाइने भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला भित्रका स्थानीय तहका प्रतिनिधिहरूबीच विद्यालय सञ्चालनको विषयमा आज भएको छलफबाट साे निर्णय भएकाे हाे।

जिल्ला प्रशासन कार्यालय काठमाडौमा भएको छलफलले असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्दा नगरशिक्षा समितिको बैठक बसेर स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको पराजुलीले बताए।

छलफलमा जिल्लाभित्रका ४० प्रतिशत विद्यार्थीहरु मात्र अनलाइनको पहुँचमा रहेको देखिएकाले पनि विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

You might also like

Comments are closed.