Nepal's First Video FM

बालगृहमा बसेकी १२ वर्षीया बालिकाको पेटमा १० हप्ताको बच्चा

277

रूकुम पश्चिमकको सिस्ने हिमाल बालगृहमा बस्दै आएकी एक १२ वर्षीया बालिकालाई बालगृह सञ्चालकका छोरा रवि भनिने कुस्माकर चनाराले बलात्कार गरेको पाइएको छ।

बलात्कारमा परेकी ती बालिकाको पेटमा १० साताको गर्भ रहेको आठबीसकोट नगर अस्पतालको स्वास्थ्य रिपोर्टबाट खुल्न आएको हो।

आठबीसकोट नगरपालिका- ११ स्थित सिस्ने हिमाल बालगृहमा बस्दै आएकी ती बालिकाले बालगृह सञ्चालकका छोराले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।

बालिकाले दिएको जाहेरीमा हाल काठमाडौं बस्दै आएका चनाराले आफूलाई पटक/पटक बलात्कार गर्दै आएको उल्लेख छ।

You might also like

Comments are closed.