Nepal's First Video FM

कमेडीय भरतमणिको समर्थनमा झापामा भब्य र्‍याली – सहभागीहरुले ‘भोट फर भरतमणि’को नारा लगाए !

302

काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पियनका एक फाइनलिस्ट भरतमणि पौडेलको पक्षमा झापामा मोटरसाइकल र्‍याली आयोजना गरिएको छ । भद्रपुर एयरपोर्टंदेखि विर्तामोडसम्म निकालिएकाे र्‍यालीका क्रममा समर्थकहरुले उनलाई कमेडी च्याम्पियनमा जिताउन आह्वान गरे ।

र्‍यालीमा सहभागीहरुले ‘भोट फर भरतमणि’ भन्दै नारा लगाएका थिए । गलाभरी माला र खादा भिरेका भरतमणिले अभिवादन गर्दै हात हल्लाएइरहेका थिए । उनले पनि आफूलाई कमेडी च्याम्पियन बनाउन भोट अपिल गरे ।

मोटरसाइकल र्‍यालीमा भाग लिएर भरतमणि आफ्नो गृहजिल्ला ताप्लेजुङतिर लागेका छन् । कमेडी च्याम्पियनको फाइनल आगामी २ असोजमा हुँदैछ । फाइनलमा भरतमणिसहित सन्तोष थापा र विक्की अग्रवाल भिड्दैछन् ।

You might also like

Comments are closed.