काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अफगानिस्तानमा असुरक्षित रहेका आफ्ना नागरिकलाई उद्धार गर्न शेरबहादुर देउवाकाे सरकारले नसकेको बताएको छ।
पोखरामा मंगलबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले महिना दिन भइसक्दा पनि सरकारले असुरक्षित रहेका नेपालीलाई उद्धार गर्न नसकेको आरोप लगाएको हो।
आफ्ना नागरिकलाई उद्धार गर्न अफगान विद्रोही तालिवानसँग सम्पर्क गरेर विमान पठाउनुपर्नेमा सरकार जिम्मेवार नबनेको भन्दै ओलीले भने, ‘अफगानिस्तानमा नेपालीको जीवन असुरक्षित छ। महिनौँ दिन भइसक्यो। तालिवानसँग फोन गरेर जहाज पठाउनुपर्थ्यो नि। तर, तालिवान घरमै आएर गालामा हान्लाजस्तो गरेर सरकार डराएको छ।’
Comments are closed.