काठमाडौं । सेयर बजारमा देखिएको सुधार टिक्न सकेन् । सोमबार सेयर बजार परिसुचक नेप्से १६१ अंकले बढेकोमा आज मंगलबार ४४ अंकले घटेको छ भने आज कारोबार रकम पनि खुम्चिएको छ ।
पछिल्ला दिनमा सेयर बजारमा उत्तार चढाव कामय रहेको छ । साताको पहिलो दिन आइतबार भारी अंकले ओरालो लागेको बजार सोमबार सुधार आएको थियो । आज फेरि उच्च गिरावट हुन पुगेको छ ।
आज २२४ कम्पनीको एक करोड ५० लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपियाँको कारोबार भएको छ ।
समूहगत कारोबार हेर्दा आज दुईबाहेक सबै ओरालो लागेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसुचक घटेको छ । यो समूहको उपसुचक २.९९ प्रतिशतले घटेको छ । यस्तै लघसवित्त समूहको उपसुचक २.५८ प्रतिशतले घटेको छ ।
गत भदौ ३ गते हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको सेयर बजार नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गरेसँगै ओरालो लाग्न थालेको हो । गत साउन ३१ गते हालसम्मकै उच्च कारोबार २१ अर्ब ६३ करोड ७६ लाख ६६५ रुपियाँको सेयर किनबेच भएको थियो ।
Comments are closed.