Nepal's First Video FM

वडा सभापतिले गरे नेपाली कांग्रेसको क्रिया

193

आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै डडेल्धुरामा एक वडा सभापतिले नेपाली कांग्रेसको क्रिया गरेका छन्। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालले क्रिया गरेको बताएका हुन्। सोमबार उनले आफ्नो कपाल खौरेको २ वटा फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘नेपाली कांग्रेसको क्रियाको मेरो पहिलो दिन।’ उनले विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै रोष व्यक्त गरेका छन्।

आइतबार मात्रै सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचिबारे जिल्लामा हंगामा मच्चिएको छ। आफूहरुले ४ तहबाट प्रमाणित गरेर सिफारिस गरेको नाममा व्यापक हेरफेर भएको भन्दै जिल्ला कार्य समितिले आपत्ति जनाएको हो।

नेपाली कांग्रेसका कार्यालय सचिव राम विष्टका अनुसार कार्यसमितिले २ हजार ५ सय ६ नयाँ सदस्य तथा नविकरणका लागि पुराना सदस्यको नाम गरेर ५ हजार ८ सय ४ जनाको नामावली सिफारिस गरेको थियो। जसमध्ये ४६० जनाको नाम छानविन समितिले हटाएर पठाएको छ।

You might also like

Comments are closed.