काठमाडौं । नायिका ऋचा शर्मा आमा बनेकी छन् । पहिलो सन्तानका रुपमा उनले छोरालाई जन्म दिएकी हुन् । ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।
ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् । ऋचाले गयराति अस्पतालमा छोरालाई जन्म दिएको कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले जानकारी दिए ।
Comments are closed.