Nepal's First Video FM

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा मन्त्रिपरिषद् विस्तार

307

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। मुख्यमन्त्री शाक्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरी ११ सदस्यीय मन्त्रिपरिषद् बनाएकी हो। नेपाल कम्युनिष्ट पार्टी (एमाले ) भएर नेकपा( एकीकृत समाजवादी) नयाँ दर्ता भएसँगै अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद्मा पाँच मन्त्री र चार राज्यमन्त्री थप गरेको छ ।

मुख्यमन्त्रीको शाक्यको शिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रीहरुलाई नियुक्त गरी सपथ ग्रहण गराएको छ । सामाजिक विकास मन्त्रालयलाई सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा विभाजन गरिएको छ ।

विस्तारित मन्त्रिमण्डलको कार्य विभाजन यस प्रकार रहेको छ :

अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
केशवराज पाण्डे, मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
रचना खड्का, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
विजय सुवेदी, मन्त्री, सामाजिक विकास मन्त्रालय
शान्तिप्रसाद पौडेल, मन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
प्रदीपकुमार कटुवाल क्षेत्री, मन्त्री, स्वास्थ्य मन्त्रालय
डा.अजयक्रान्ति शाक्य, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
चन्द्र लामा, मन्त्री, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय
जीवन खड्का, राज्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
सरस्वती बाटी, राज्यमन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
जुनेली श्रेष्ठ, राज्यमन्त्री, सामाजिक विकास मन्त्रालय
बद्री मैनाली, राज्यमन्त्री, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

मन्त्रीहरुको सपथग्रहणपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएसँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी शाक्यको मन्त्रिमण्डलबाट सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले राजीनामा दिएसँगै दुई सदस्यीय मन्त्रिपरिषद् मात्र रहेको थियो । मन्त्री पाण्डेले यसअघि नै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय केशवराज पाण्डेले सम्हाल्दै आएको थियो ।

You might also like

Comments are closed.